नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सुरु

-



     सफल आवाज    
     मंसिर २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन शत्र सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको उद्घाटन शत्रमा विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित भएका छन् ।

महाधिवेशनको औपचारिक रूपमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस प्रचारप्रसार विभागले जनाएको छ ।