राजतन्त्र फर्किने कुनै सम्भावना छैन, बरु पूर्व राजाले पार्टी खोले हुन्छ : माधव नेपाल

-



     सफल आवाज    
     मंसिर २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् ।

शुक्रबार कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बरु पार्टी खोल्न वा व्यापारमा लाग्न सुझाव दिए ।

अध्यक्ष नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेको बताए । उनले भने, ‘अहिले कालो बादल मडारिन खोजेको छ । प्रतिगामी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ ।’