कांग्रेस महाधिवेशन : उम्मेदवार छान्न देउवा पक्षको बैठक बालुवाटारमा

-



     सफल आवाज    
     मंसिर २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहमा पदाधिकारीका उम्मेदवारी छान्न बैठक बसिरहेको छ । शनिबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा पक्षीय नेताहरु छलफलमा छन् ।

देउवा सभापतिका प्रत्यासी छन् भने उपसभापतिमा वर्तमान सभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरेका छन् ।

यता महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाण, सहमहामन्त्री प्रकाशशरण मत, नेता एनपी साउद, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रवक्ता विश्वप्रकाश शर्माले दाबी छ । यता नेता कृष्णप्रसाद सिटौला समूह पनि देउवा पक्षसँग जोडिने भएको छ ।

सिटौलाले महामन्त्रीमा प्रदीप पौडेलको नाम अगाडि सारेका छन् । तर, देउवा पक्षका नेता प्रदीपलाई महामन्त्रीको उम्मेदवार भन्ने पक्षमा भने देखिएका छैनन् ।