
काठमाडौं, २६ मंसिर । साना किसान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको प्रस्तावलाई अनुमोदन गर्न पुसको १८ गते २०औं साधारण सभा बोलाएको छ ।
संस्थाले नेपाल प्रशासनिक प्रशिक्षण् प्रतिष्ठान जावालाखेल, ललितपुरमा पूर्वान्ह ११ वजे २६.३१ प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्न साधारण सभा बोलाएको हो ।
सभामा संस्थाको हाल कायम रहेको चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांशसहित २६.३१ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित हुनेछ ।
यस्तै प्रबन्धपत्र संशोधन, लेखापरीक्षकको नियुक्ती, वार्षिक प्रतिवेदन लगायतका प्रस्तावहरुलाई छलफलपछि पारित गरिने भएको छ ।
साना किसान लघुवित्तले साधारण सभालाई मध्येनजर गर्दै पुसको ५ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । पुसको ४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन सक्नेछन् । साथै उनीहरु लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



