अमेरिकाको केन्टकी राज्यमा आँधीका कारण ७० जनाभन्दा बढीको मृत्यु

-



     सफल आवाज    
     मंसिर २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ मंसिर । अमेरिकाको केन्टकी राज्यमा आएको आँधीका कारण ७० जनाभन्दा बढीको मृत्यु भएको छ भने सो क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरिएको छ । भौतिक संरचनाहरु तहसनहस भएका छन् भने विद्युत र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ ।

आँधीलाई अमेरिकाको इतिहासकै ठूलो आँधी भनिएको छ । आँधीबाट मेफिल्ड सहर नराम्रोसँग प्रभावित भएको छ । सो सहरमा अवस्थित एक मैनबत्ती कारखानामा मात्रै १२ जना मजदुरको मृत्यु भएको बताइएको छ ।

उद्धारकर्मीहरुले कारखानाबाट १४० भन्दा बढी व्यक्तिहरुलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । केन्टकीका गर्भनर एण्डी बेशियरले अब कुनै भग्नावशेषबाट कसैलाई सुरक्षित रुपमा निकाल्न सकिएमा त्यो चमत्कार हुने बताएका छन् । (बीबीसी)