काठमाडौं–बहराइन सिधा उडानबारे छलफल

-



     सफल आवाज    
     मंसिर २७ गते २०७८ मा प्रकाशित



काठमाडाैं, २७ मङ्सिर । बहराइनका लागि नेपाली कार्यवाहकराजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी (बिएसी) का प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफालाहबीच काठमाडौं–बहराइन हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल भएको छ ।

बिएसी भवनमा भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाडौँ मनामाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने सम्बन्धमा विस्तारमा छलफल भएको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।

भेटका क्रममा अलबिनफालाहले उक्त वायुसेवा कम्पनीलाई बहराइन आकाशमा उडानका लागि आफूले स्वागत गर्ने बताएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।