
काठमाडौं, २७ मङ्सिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवधिमा २८ जना महिला तथा बालिका पीडित भएको जनाएको छ ।
‘घरैबाट सुरू गरौँ’, महिलाहिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यो वर्ष सरकारी तथा गैरसरकारी क्षेत्रबाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गर्ने गरिएको यो अवधिमा उक्त घटना भएको इन्सेकको प्रतिवेदनमा छ ।
प्रतिवेदनमा १६ दिनको अवधिमा सुदूरपश्चिम बाहेकका ६ वटा प्रदेशमा २८ जना महिला तथा बालिका पीडित भएको र बाग्मती प्रदेशमा ७, कर्णाली प्रदेशमा ६, लुम्बिनी र प्रदेश २ मा पाँच÷पाँच, प्रदेश–१ मा तीन र गण्डकी प्रदेशमा दुई जना पीडित भएका छन् । यो अवधिमा पत्नी हत्याका दुई र आमाको हत्या एउटा घटना भएको छ । १६ दिनको अवधिमा १८ जना बालिका र १० जना महिला पीडित भएको प्रतिवेदनमा छ ।
प्रतिवेदनमा कानुन कार्यान्वयनका सवालमा पीडित केन्द्रित र महिलामैत्री वातावरणको निर्माण गर्नुपर्नेलगायत १३ बुँदे सुझाव पनि समेटिएको छ । महिला तथा तेस्रो लिङ्गीलाई सकारात्मक विभेदको नीति अवलम्बन गरी तीनै तहका सरकारले राज्यको मुलधारमा ल्याउनुपर्ने र यस्तो नीति राजनीतिक दलहरूले पनि अपनाउनुपने उल्लेख छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



