कांग्रेस निर्वाचन : ६०० मत खस्यो, भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान हुँदै

-



     सफल आवाज    
     मंसिर २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज मतदान भइरहेको छ । साढे ३ घण्टा ढिलो गरी सुरु भएको मतदानमा दिउँसो २ बजेसम्म करिब ६ सय मत खसेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि चार हजार ७२३ जना महाधिवेशनले मतदान गर्नेछन् । मतदान गर्नका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।