
काठमाडौं, २९ मंसिर । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम मौका रहेको छ । संस्थाले ३१.५७ लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्नका लागि पुस १० गते ७ औं साधारण सभा आव्हान गरेको छ ।
लघुवित्तको साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि पुस १ गते बिहिबार बुकक्लोज गरेको जनाईएको छ । यसअनुसार बुधबार आजसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन सक्नेछन् । साथै उनीहरु लाभांशका हकदार हुनेछन् ।
सपोर्ट लघुवित्तको साधारण सभा सुनसरीको इटहरीस्थित बगान फेमली रेष्टूरेन्ट एण्ड लाउन्ज बारमा उक्त दिन बिहान ८ वजे बोलाईएको छ । सभामा लघुवित्तको हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश सहित ३१.५७ वितरणको प्रस्तावलाई पारित गरिने भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



