घट्यो सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । नेपाली बजारमा सुनचाँदीको भाउ दिनदिनै कि त उकालो लाग्ने कि ओरालो लाग्ने क्रम चलिनै रहन्छ । अन्तर्राष्ट्रिय बजारकाे भाउमा हुने आरोह अवरोहको प्रभाव यहाँ पनि परिनै रहेको हुन्छ ।

साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार सुनको भाउ ओरालो लागेको छ भने चाँदीको भाउ स्थिर रहेर कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा यसदिन रुपैयाँ ५०० ले गिरावट भएको छ । चाँदीको भाउमा फेरबदल भएको छैन ।

छापावाला सुन रुपैयाँ ५०० ले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने यसदिन स्थिर रहि मंगलबारकै भाउमा कारोबार भईरहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भईरहेको छ ।