मल्टीपर्पस फाइनान्स र बुटवल पावरकाे लाभांश घोषणा

-



     सफल आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । मल्टीपर्पस फाइनान्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई मुनाफा तथा लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले संचालक समितिको बैठकले १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा हाल कायम रहेको चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि लाग्ने ०.५२६ प्रतिशत नगद लाभांशसहित १३.५२६ लाभांश रहेको छ ।

फाइनान्सको संचलक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने भएको छ ।

बुटवल पावर कम्पनी

बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले गत वर्षको मुनाफा तथा संचित नाफाबाट लभांश वितरणको घोषणा गरेको हो ।

कम्पनीको संचालक समितिको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिएको हो । उक्त लाभांश कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।