
काठमाडौं, २९ मंसिर । मंगलबार १३७ अंकले उकालो लागेको शेयर बजार एकदिनपछि आज बुधबार राताम्मै भएको छ । साताको शेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक तथा सेन्सेटिभ इण्डेक्स दुवैतर्फ गिरावट हुँदा लगानीकर्ताको मनोवल घटाएको छ ।
मंगलबार लगानीकर्ताहरुको संयुक्त कार्यलदलले अर्थमन्त्री जनार्दन शर्मासंग भेटघाट गरेर शेयर बजारमा देखिएको समस्या समाधान गर्नका लागि अर्थमन्त्री सकारात्मक भएको भनिए पनि बजारको लय भने आज नकारात्मक भएको छ ।
यसदिन नेप्से परिसूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झरेको छ । नेप्से ०.१७ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ०.८९ अंकले घटेर ४५९.४१ विन्दुमा रहेको छ ।
कुल २२८ कम्पनीको शेयर कारोबार भएको छ । ९८ लाख ७९ हजार १०९ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये पाँच वटामा हरियो लागेको छ । उनीहरको शेयर बढेको छ । अन्य बाँकी रहेको ८ उपसमूहहरु राताम्मै भएका छन् । उनीहरुको शेयर घटेको छ ।
बैंकिङ ९.२८ अंकले घटेको छ । होटल तथा पर्यटनतर्फ ५३.२८ अंकले, अन्यतर्फ ११.०५ अंकले, माइक्रोाइनान्सतर्फ १७.७९ अंकले र जीवन बीमातर्फ ४३.९८ अंकले घटेको छ ।
यस्तै हरियो लागेको व्यापार उपसमूहतर्फ २९.२३ अंकको बृद्धि भएको छ । विकास बैंकतर्फ ४०.४७ अंकले, हाइड्रोपावरतर्फ ७.५७ अंकले, फाइनान्सतर्फ ४६.६२ अंकले, नीर्जिवन बीमातर्फ २७.०६ अंकले, म्युचुअल फण्डतर्फ ०.०१ अंक र लगानी उपसमूहतर्फ ०.४६ अंकले बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको १६ करोड ५८ लाख ६२ हजार ८३ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।










झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




