आज कांग्रेस उपसभापति पदको मात्र मतगणना हुने

-



     सफल आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपराह्न ४ बजेपछि मतगणना हुने बताइएको छ ।

निर्वाचन समितिका अनुसार उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुनेछ । मंगलबार राति सार्वजनिक मत परिणामअनुसार सभापतिमा २७३३ मत ल्याएर शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

सभापति पदका अर्का उम्मेदवार शेखर कोइरालाले १८५५ मत पाए । सोमबार भएको मतदानमा चार हजार ६७९ मत खसेको थियो । सो मत भृकुटीमण्डपबाट पार्टी कार्यालयमा लगेर राखिएको थियो ।