पाेखरा फाइनान्सले गर्यो लाभांश वितरणको प्रस्ताव

-



     सफल आवाज    
     पौष २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ पुस । पोखरा फाइनान्सले लाभांश वितरणको प्रस्ताव गरेको छ । फाइनान्स संचालक समितिको बिहिबार बसेको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई ८.५ प्रतिशत लाभांस वितरण गर्ने निर्णय गरेको हो ।

फाइनान्सको संचालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजी ९६ करोड ३१ लाख ४५ हजार ७९० रुपैयाबाट ८.४९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

संचालक समितिले प्रस्ताव गरेको ८.०७५ प्रतिशतले हुने ७ करोड ७७ लाख ७४ हजार २३ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ०.४२५ प्रतिशतले हुने ४० लाख ९३ हजार ३७० रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

संचालक समितिबाट प्रस्ताव गरिएको सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत र फाइनान्सको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।