अमेरिकाले २.५ ट्रिलियन डलर ऋण सीमा बढाउने

-



     सफल आवाज    
     पौष २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ पुस । अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गरेको ह्वाइट हाउसले जनाएको छ ।

बिहीबार राष्ट्रपति बाइडेनले कानुनमा हस्ताक्षर गरेका हुन् । जसले ऋण सीमा २.५ ट्रिलियनले बढाउने अधिकार प्रदान गर्ने ह्वाइट हाउसले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यो उपायले २०२२ को मध्यावधि चुनाव नपुग्दासम्म सरकारलाई काम गर्नका लागि ऋणको सीमा बढाउँछ । नयाँ कानुनअन्तर्गत अमेरिकी संघीय ऋण ३१.४ ट्रिलियन अमेरिकी डलर पुग्नेछ ।