प्रोग्रेशिभ फाइनान्सले गर्‍यो ७ प्रतिशत बोनसको प्रस्ताव

-



     सफल आवाज    
     पौष २ गते २०७८ मा प्रकाशित



काठमाडाैं, २ पाैष । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने भएकाे छ । फाइनान्सले गतवर्षको नाफाबाट ७ प्रतिशत लाभांश खुवाउने भएको हाे ।

युवा बैंकर बिशाल हुमागाई प्रमुख कार्यकारी अधिकृत रहेकाे फाइनान्सकाे अध्यक्षमा अनुभबी एबं कुशल बैकर किशाेर महर्जन रहेका छन । महर्जन र हुमागाईकाे टिमले नेतृत्व गरेकाे फाइनान्सले २७ वर्षपछि सेयरधनीलाई लाभांश वितरण गर्न लागेकाे जनाइएकाे छ ।

पाैष १ गते बुधबार बसेको सञ्चालक समितिको ४७३ औं बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत कर प्रयाेजनार्थ नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको बताइएकाे छ । प्रस्तावित नाफा केन्द्रीय बैकबाट स्वीकृत र साधारण सभाबाट पारित भएपछि शेयरधनीलाइ बितरण गरिनेछ ।