
पर्वत,५ पुस । पर्वत अस्पताललाई लायन्सकाे माध्यामबाट २ करोड बराबरकाे सहयोग प्राप्त भएकाे छ । लायन्स डिस्ट्रिक्ट ३२५ बि १ नेपालकाे पहलमा लायन्स क्लब्स अन्तराष्ट्रिय गुठीबाट प्राप्त ग्राण्ट १,१६,३८,१२० , संघिय सांसद माननीय पदम गिरीबाट ३५,०००००, कुष्मा नगरपालीका बाट १५,००००० र कुस्मा स्थित ८ वटा लायन्स तथा लियो क्लबबाट ३३,२५,९९५ गरि जम्मा रु.१,९९,६४,११५/- बराबरको रकमबाट पर्वत अस्पतालको लागी अति आबश्यक बिभिन्न स्वास्थ्य उपकरण तथा फर्निचरहरु हस्तान्तरण गरिएकाे प्राेजेक्ट चेयरपर्न लायन बसन्त कर्माचार्यले बताए ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तराष्ट्रियका पुर्व डाइरेक्टर लायन संजय खेतान र विशेष अतिथि संघीय सांसद माननिय पदम गिरीले उक्त सामाग्रीहरू अस्पताललाइ हस्तान्तरण गरेका थिए ।
डिस्ट्रिक्ट ३२५ बि १ का डिस्ट्रिक्ट गभर्नर लायन बिशेस्वर आचार्यकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम एलसिआइएफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी, एमसिसि लायन मन बहादुर रोका, कुस्मा नगरपालिकाका उपमेयर सिता काफ्ले, संबिधान सभा सदस्य कल्पना चापागाइ,अस्पताल ब्यबस्थापन समितिका निबर्तमान अध्यक्ष गाेबिन्द पहाडी लगायत संघसंस्थाका प्रतिनिधिहरू, लायन्सका पिएमसिसिहरू, लायन लिडरहरु र कुस्माका लायन साथीहरूको सहभागितामा भब्यताका साथ सम्पन्न भएको डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटेरी लायन दुर्गाप्रसाद हुमागाईले बताएका छन ।









पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



