३५ वर्षीय गेब्रिएल बने चिलीका राष्ट्रपति

-



     सफल आवाज    
     पौष ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ पुस । चिलीको राष्ट्रपति पदमा बामपन्थी उम्मेद्वार गेब्रिएल बोरिक निर्वाचित भएका छन् । अति दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टले हार स्वीकार गरेपछि उनले राष्ट्रपतिय चुनावमा जीत हासिल गरेका हुन् ।

विश्वकै कम उमेरका नेताहरुमध्ये एक ३५ वर्षीय बोरिक चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति भएका हुन् । राष्ट्रपतिका उम्मेदवार कास्टले मतदान सकिएको साढे एक घण्टापछि र मतपत्र गणना आधा बाँकी नै रहँदा आफ्नो हार स्वीकार गरेका थिए ।

गनिएको करिब आधा मतपत्रमा बोरिकले ५६ प्रतिशत मत पाएका थिए । यता कास्टले भने ४४ प्रतिशत मत पाएका थिए । सन् २०१९ र २०२० मा चिलिमा असमानता र भ्रष्टाचार विरोधमा सरकारी विरोधका प्रदर्शनपछि निर्वाचन भएको हो ।

निर्वाचिभ भएपछि बोरिकले चिलीको निवृतभरण र स्वास्थ्य प्रणालीमा सुधार ल्याएर, सातामा ४५ देखि ४० घण्टाको काम घण्टा निर्धारण गर्ने र हरित लगानी प्रवर्द्धन गरी असमानता हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।