इराकमा अत्याधिक वर्षापछि बाढी : १२ जनाको निधन

-



     सफल आवाज    
     पौष ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ पुस । इराकमा अत्यधिक वर्षापछि आएको बाढीका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ । देशको इर्बिल प्रान्तका गभर्नर ओमेड खोश्नावले आइतबार दिएको जानकारीअनुसार कम्तीमा १५ क्षेत्रमा बाढीको प्रभाव परेको छ । बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

खोश्नावका अनुसार बाढीका कारण दुई करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको छ । त्यसैगरी खेतीयोग्य जमिन, सडक, ढललगायतमा पनि क्षति पुगेको र सेवा अवरुद्ध भएको त्यहाँका समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।