
काबुल ७ पुस । चीनले अफगानिस्तानलाई पठाएको मानवीय सहायतासम्बन्धी सामग्री मंगलबार अफगानिस्तानको राजधानी काबुलमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।
चीनको रेडक्रस संस्थाले सो सामग्री पठाएको थियो । ती सामग्री अफगानिस्तानको रेड क्रिसेन्टलाई हस्तान्तरण गरिएको हो ।काबुलमा मंगलबार आयोजना गरिएको एक कार्यक्रममा ती सामग्रीहरु चीनको रेडक्रस सोसाइटीले अफगानिस्तानको रेड क्रिसेन्ट सोसइटीलाई हस्तान्तरण गरेको हो । त्यस अवसरमा अफगानिस्तानका लागि चिनियाँ राजदूतको पनि सहभागिता रहेको थियो । ती सामग्रीहरु चिसो मौसमका लागि भन्दै चीनले यस्ता सामग्री पठाएको हो ।
यी सामग्रीहरू लिएर उत्तरी चीनको होग्रोस बन्दरगाहबाट सोमबार एक रेलमार्फत् अफगानिस्तान पठाइएको हो ।अफगानिस्तानका लागि करिब एक हजार पाँच सय टन सामग्री पठाइएको चिनियाँ अधिकारीले जनाएका छन् । ती अधिकारीका अनुसार चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ । यी सामग्रीहरूमा खाद्यान्न र लत्ता कपडा रहेका छन् । जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरू पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ ।
चीनले गएको जुन महिनाको अन्त्यदेखि नियमित रूपमा चीनलाई सहयोग सामग्री पठाएको छ । चिनियाँ अधिकारीले त्यसयता अफगानिस्तानका लागि विभिन्न समयमा गरी यस्ता सामग्री पठाएको जनाएको छ । अफगानिस्तानका तालिबानहरूले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेका थिए । त्यसयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




