‘भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्छ’-आयुक्त चन्द

-



     सफल आवाज    
     पौष ९ गते २०७८ मा प्रकाशित



मलङ्गवा, ९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता रहेका बताएका छन् ।

सर्लाही सदरमुकाम मलङ्गवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीले अयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीविरुद्ध कठोर बन्ने बताए।

“जनताको हितसँग जोडिएका र सुशासनसँग जोडिएका विषय जबसम्म देशमा सुशासन हुँदैन तबसम्म जनताको प्रगति हुन सक्दैन”, उनले भने, “जनताको प्रगति गर्नु हामी सबैको साझा कर्तव्य भएको छ ।” विकास निर्माणका काममा हरेक नागरिकले निगरानी गर्नुपर्ने आजको आवश्यकता रहेको उनले बताए।

सरकारी कामको सूचना माग गर्ने व्यक्तिलाई यथाशीघ्र सूचना उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । सूचना नदिने र लुकाउने व्यक्तिलाई कारबाही गरिने उनले चेतावनी दिए। अन्तक्र्रिया कार्याक्रममा सर्लाहीका सबै पालिकाका प्रमुख, प्रशासकीय अधिकृत, लेखा अधिकृत, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलगायतको सहभागिता थियो ।