लाभांश पारित गर्न नबिल बैंकले बाेलायाे साधारण सभा

-



     सफल आवाज    
     पौष ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ पुस । नबिल बैंकले लाभांश पारित गर्नका लागि साधारण सभा बोलाएको छ । बैंक संचालक समितिले प्रस्ताव गरेको ३८ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई बैंकको पुस ३० गते आव्हान गरिएको ३७औं साधारण सभाबाट पारित गरिने भएको छ ।

नबिल बैंक संचालक समितिले चुक्ता पूँजीको ३३.६० प्रतिशत बोनस सेयर तथा त्यसको कर प्रयोजनका लागि ४.४० प्रतिशत नगद लाभांशसहित ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

साधारण सभामा लाभांश वितरणको प्रस्तावलाई पारित गर्नुकासाथै अन्य उपयुक्त मानिएका बैंक तथा वित्तीय संस्थाहरुसंग गाभ्ने, गाभिने वा प्राप्तिका विषयमा काम गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावलाई पारित गरिने भएको छ ।

यस्तै बैंकको अधिकृत पूँजी १० अर्ब पुर्याउने, संस्थापकहरुको तर्फबाट दुई जनालाई संचालक समितिमा चयन गर्नेलगायतका प्रस्तावलाई पारित गरिने भएको छ ।

बैंकको साधारण सभालाई मध्येनजर गरेर बैंकले पुस १६ गते बुक क्लोज गर्ने बताएको छ । सेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्ति तथा साधारण सभामा भाग लिनका लागि पुस १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरी कायम भएको हुनुपर्ने छ । बैंकको साधारण सभा काठमाडौं दरबारमार्गस्थित केन्द्रीय कार्यालय, नबिल सेन्टरमा सो दिन बिहान ९ बजे बोलाईएको छ ।