नेप्लिज मार्केटिङ एसोसिएसनको अध्यक्षमा स्वाँर चयन

-



     सफल आवाज    
     पौष ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ पाैष । नेपालमा पहिलाेपटक स्थापना भएकाे नेप्लिज मार्केटिङ एसोसिएसनको अध्यक्षमा महेश स्वाँर निर्बिराेध चयन भएका छन ।

काठमाडौंको होटल सोल्टीमा बिहिबार आयोजित एनएमएको औपचारिक सुभारम्भ कार्यक्रममा एसोसिएसनको अध्यक्षमा स्वाँर चयन भएका हुन । उनी हाल कान्तिपुर मिडिया ग्रुपका एजीएमका रूपमा कार्यरत छन ।

नवगठित एसोसिएसनको महासचिवमा सहप्राध्यापक डा. गोपाल थापा, सचिवमा सहप्राध्यापक सुशील अवाले र कोषाध्यक्षमा गोल्छा ग्रुपका एजीएम (मार्केटिङ) पुनम सिंहलाई चयन गरिएकाे बताइएकाे छ । अन्य बोर्ड सदस्यमा डाबर नेपालका अभय गोर्खाली, स्मार्ट पानीका सुमन शाक्य, सृजना जोशी महर्जन, सत्यन्द्र उप्रेती र सुरेन्द्र थापा छन् ।

गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरिएको एनएमएमा हाल मार्केटिङ व्यवसायी र प्राज्ञिक सदस्यहरुसमित ६५ जना संस्थापक सदस्य रहेका छन्।

कार्यक्रममा एनएमएले डा. तुलसी धरेललाई एनएमए गठनमा महत्त्वपूर्ण भूमिका खेलेकाे भन्दै सम्मानित सदस्यका रुपमा अभिनन्दन गरेकाे थियाे ।

शिक्षाविद् डा. बगला बस्नेत, मायोज नुडल्सका पूर्वजीएम रवीन्द्रमान श्रेष्ठ र सूर्य नेपालका भाइस प्रेसिडेन्ट रवि केसीलाई मार्केटिङमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको हालै गठित नेप्लिज मार्केटिङ एसोसिएसनका अध्यक्षमा महेश स्वाँरले सफल आवाजलाई बताए ।