आजको मौसम : न्यून चापीय प्रणालीको असरले हिमपातको सम्भावना

-



     सफल आवाज    
     पौष १२ गते २०७८ मा प्रकाशित


फाइल तस्बिर


काठमाडौं, १२ पुस । नेपालमा प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको असरले विभिन्न क्षेत्रमा हिमपातको सम्भावन देखिएको छ ।

सोमबार देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्यदेखि पूर्णतया बदली र तराईका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सो प्रणाली बिहीबारदेखि क्रमिक रूपमा कमजोर बन्दै जाने सम्भावना रहेको छ । दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।