नाडाको नवनिर्वाचित पदाधिकारीलाई एफएनसीसीआइकाे सम्मान

-



     सफल आवाज    
     पौष १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ पुस । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नवनिर्वाचित कार्यसमितिको टोलीलाई नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले बधाई तथा सम्मान गरेको छ ।

सोमबार महासंघ अन्तर्गतको वस्तुगत परिषदको आयोजनामा नाडाको नयाँ कार्यसमितिलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको हो ।

बधाई तथा शुभकामना दिँदै महासंघका अध्यक्ष शेखर गोल्छा व्यवसायीको हकहितका लागि नाडा र महासंघ सधैं समन्वय गरिरहने बताए । त्यस्तै नाडाका अध्यक्ष ध्रुव थापाले पनि व्यावसायिक हकहितका क्षेत्रमा महासंघसँगको सहकार्य अपरिहार्य भएको बताए ।