यो साता किन घट्यो वाणिज्य बैंकहरुको निक्षेप ?

-



     सफल आवाज    
     पौष १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ पुस । पौष पहिलो सातासम्म बढेको वाणिज्य बैंकहरूको निक्षेप दोस्रो साता पुनः घट्न थालेको छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार गत हप्ता (पुस २) सम्म बैंकहरूमा ४२ खर्ब ३८ अर्ब ९८ करोड रूपैयाँ रहेको निक्षेप एक सातापछि (९ पुस) सम्म घटेर ४२ खर्ब ३४ अर्ब ९२ करोड रूपैयाँमा झरेको छ ।

मंसिर २४ सम्म बैंकहरुमा ४२ खर्ब २१ अर्ब ४२ करोड रूपैयाँ निक्षेप रहेकोमा अघिल्लो साता भने निक्षेप बढेको थियो । त्यस्तै वाणिज्य बैंकहरूले पुस २ सम्म ४० खर्ब ८५ अर्ब ४६ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए । याे अवस्था हेर्दा बैकहरूमा तरलताकाे समस्या यथावत नै रहेकाे देखिन्छ ।