बुद्ध एयरको धनगढी-पोखरा र पोखरा-जनकपुर उडान सुरु हुँदै

-



     सफल आवाज    
     पौष १३ गते २०७८ मा प्रकाशित



धनगढी, १३ पुस । बुद्ध एयरले धनगढी-पोखरा र पोखरा-जनकपुर उडान भर्ने भएको छ । कैलालीको धनगढीबाट पर्यटकीय सहर पोखरासम्म हवाइ उडान सेवा सञ्चालन गर्ने तयारी भएको बुद्ध एयरले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुक पेज मार्फत बुद्ध एयरले भनेको छ, ‘राम्रो समाचार, नयाँ रुटको तयारी भइरहेको छ । अब छिट्टै धनगढी-पोखरा र पोखरा-जनकपुर उडान सेवा, सातामा तीन दिन ।’

बुद्ध एयरका अनुसार आगामी जनवरीभित्रै धनगढी-पोखरा हवाइ उडान गर्नेगरी तयारी भइरहेको छ । हवाइ उडान सेवाको सुविधा भएपछि पोखराका मानिसलाई सुदूरपश्चिम र यहाँका मानिसलाई पोखराका पर्यटकीय गन्तव्यमा पु¥याउन सहज हुने बताइएको छ ।