मौसमकाे प्रतिकूलताले हवाई उडान प्रभावित

-



     सफल आवाज    
     पौष १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ पुस। प्रतिकूल मौसमका कारण हवाई उडानहरु प्रभावित भएका छन् । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा रातीबाटै पानी परिरहेकाले सबै उडान प्रभावित भएको हो । मुस्ताङकाे जाेमसाेम हिउँले ढकमक्क ढाकिएकाेले उडान प्रभावित भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार पोखरा, नेपालगन्ज, सिमरा, भैरहवा लगायत अधिकांस स्थानकाे मौसम खराब भएका कारण जहाजहरु उड्न सकेका छैनन् । हवाई कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको जनाएका छन् ।