
काठमाडौं, ११ पुस । बुधबार सेयर बजार झिनो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५.५१ अंकले बढेर दुई हजार ५२४.५० अंकमा प्रवेश गरेको छ । सातको पहिलो दिन उकालो लागेको नेप्से दोस्रो र तेस्रो दिनमा ओरालो लागेको थियो । त्यस्तै आज नेप्से परिसूचक उकालो बिन्दुमा प्रवेश गरेको छ ।
आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज उकालो लागेको छ । आज ०.२६ अंकले बढेर ४७१.२४ अंकमा प्रवेश गरेको छ । आज २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता सेयर तीन अर्ब ६२ करोड ३४ लाख ८० हजार २९२ रुपैयाँमा खरिद बिक्री भएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये पाँचबाहेकका सबै समूहहरुको सेयर बढेको छ । आज बैंकिङ ०.७६, होेटल तथा पर्यटन १७.१८, जलविद्युत २.५३, निर्जीवन बिमा २५१.५८, उत्पादनमुलक ५७.०४, अन्य १९.०९, लघुवित्त ११.८१ र सामुहिक लगानी कोष ०.०२ अंकले बढेका छन् ।
त्यस्तै आज पाँच कम्पनीको सेयर माइनसमा गएको छ । आज व्यापार १३.३१, विकास बैंक २९.९, वित्त ४.३४, जीवन बिमा ७१.९६ र लगानी समूहअन्तर्गतको सेयर ०.२५ अंकले घटेको छ । आज मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किटको लेभलमा कारोबार भइरहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



