इमेलमार्फत् कुमारी बैंकलाई आयो ‘प्रणाली ह्याक’ गर्ने धम्की

-



     सफल आवाज    
     पौष १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ पुस । कुमारी बैंकलाई साउदी अरेवियाबाट अज्ञात समूहले ‘बैंकको सिस्टम ह्याक गर्ने चेतावनी’ सहित इमेल पठाएपछि राष्ट्र बैंकले उच्च सतर्कता अपनाएको छ ।

कुमारी बैंकले ह्याक गर्ने इमेल पाएपछि राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ । राष्ट्र बैंकले पनि आफू अन्तर्गतका बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन भनेको निर्देशन दिएको छ । साउदी ग्रुप अफ कम्पनी नामबाट आएको इमेलमा बैंकको प्रणाली ह्याक गरेर पैसा लैजाने लेखिएको बताइएको छ ।

यता राष्ट्र बैंकले भने प्रणाली ह्याक गर्ने इमेल आएपछि उच्च सतर्कता अपनाइएको र अहिलेसम्म कुनै पनि अट्याक नभएको बताएको छ । त्यस्तै बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले पनि सबै बैंकरलाई भाइबर ग्रुपमार्फत् सचेत रहन ध्यानाकर्षण गरेका छन् ।