लाभांश पारित गर्न गणपति लघुवित्तले डाक्यो साधारण सभा

-



     सफल आवाज    
     पौष १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ पुस । गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्न पुस १७ गते साधारण सभा डाकेको छ । संस्थाको वार्षिक साधारण सभा तनहुँको दुलेगौंडास्थित ह्वाईटहाउस पार्टी प्यालेसमा पूर्वान्ह ११ वजे डाकिएको हो ।

कम्पनीको वार्षिक साधारण सभामा छलफलपछि २० प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गरिने भएको छ । जस्मा संस्थाले गत वर्ष आर्जन गरेको मुनाफाबाट १९ प्रतिशत बोनस सेयर तथा १ प्रतिशत नगद लाभांसहित २० प्रतिशत लाभांश रहेको छ ।

सभाबाट सेयरधनीहरुको तर्फबाट १ जना संचालन सदस्य चयन गरिने भएको छ । यस्तै उपयुक्त लागेका वित्तीय संस्थासंग गाभ्ने, गाभिने वा प्राप्तिका लागि कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई पारित गरिने भएको छ । सभाका लागि आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान, नगदप्रवाह लगायतका एजेण्डा पनि रहेका छन् ।

संस्थाको साधारण सभाकालाई मध्येनजर राख्दै पुसको ७ गते बुक क्लोज भईसकेको छ । तसर्थ पुसको ६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयर कारोबार गरी कायम भएका सेयरधनीहरुले सभामा भाग लिन पाउने छन् । साथै उनीहरु नै लाभांश प्राप्तिका लागि हकदार हुनेछन् ।