सुजल डेरीले ल्यायो ‘सफल फेमिली मिल्क’ बजारमा

-



     सफल आवाज    
     पौष १६ गते २०७८ मा प्रकाशित



पोखरा, १६ पुस । सुजल डेरी प्रा.लि.ले “सफल फेमिली मिल्क बजारमा ल्याएको छ । सफल मिल्क उच्च गुणस्तरका गाई भैंसीबाट उत्पादन भएको दूधलाई नयाँ प्रविधिबाट पास्चुराइज्ड गरि सिधैं बजारमा पठाईएको बजार व्यवस्थापक किरण रेग्मीले सफल आवाजलाई बताए ।

रेग्मीले हरेक दिन एक हप्तासम्म पोखराका विभिन्न स्थानमा लन्चिङको अवसरमा क्याम्पेनिङ गरेर सर्वसाधारणलाई दूधको स्वाद चखाई रहेको बताए । उनका अनुसार सर्वसाधारणबाट दूधको गुणस्तरका बारेमा राम्रो प्रतिक्रिया आईरहेको बताए ।

सुजल डेरी प्रा.लि आईएसओ २२०००ः२०१८ सर्टिफाइड कम्पनी हो । कम्पनीबाट उच्च गुणस्तरको दूध तथा दूधबाट बनेका परिकारहरुको उत्पादन तथा बिक्री वितरण भईरहेको छ । यसैक्रममा पछिल्लो उत्पादनको रुपमा सफल फेमिली मिल्क बजारमा आएको कम्पनीले जनाएको छ ।

दूध र दूग्धजन्य पदार्थहरु पोखरा सेरोफेरो तथा तनहुँमा बिक्री हुँदै आएको रेग्मीले बताए । पोखरा तथा पोखरा आसपासका क्षेत्रबाट दूध संकलन गरेर कुनैपनि मिसावट नगरी अत्याधुनिक प्रविधिबाट पास्चुराइज्ड गरी पिउनकैलागि तयार पारिएको रेग्मीले बताए ।

सफल फेमिली मिल्क नै किन ?

यो दूधमा फ्याट तथा एसएनएफ सन्तुति मात्रामा रहेको छ । सफल फेमिली मिल्क उच्च गुणस्तरिय प्रविधिको प्रयोग गरेर पिउन योग्य बनाईएको छ । जसको कारण यो दूध अन्यभन्दा बढी स्वादिलो र स्वस्थकर रहेको छ । दूधमा ८.५ प्रतिशत एसएनएफ हुने भएकोले उपभोक्ताले क्याल्सियम, प्रोटिन र भिटामिनसाथै मिनिरल बढी पाईने भएकोले शरिरलाई तन्दुरुस्त बनाउन मद्दत गर्ने कम्पनीले बताएको छ । दूधमा ५.५ प्रतिशत फ्याट रहेको छ ।

के भन्छन् उपभोक्ता/मानव अधिकारवादी ?

यी दिनमा सुजल डेरीले पोखराका विभिन्न स्थानमा बिहानको समयमा क्याप्पेनिङ गरिरहेको छ । एक हप्ताम्मको क्याप्नेनिङमा तत्स्थानमानै दूध उमालेर सर्वसाधारणलाई पिउन दिने र प्रतिक्रिया लिने गरिएको छ । दूध पिउँदै गरेका डम्बर गुरुङले मीठाे लागेकाे बताए । यस्तै सुनसरी परियारले भनिन्, हस्पिटल आकि थिए के रहेछ भनेर हेरेकाे त दूध खान दिनुभयाे मीठाे रहेछ ।

स्वस्थ पदार्थ वा वस्तु उपभोग गर्न पाउनु सबैको कानूनी अधिकारकाे कुरा हाे । त्यसैले उत्पादित दूध तथा दूग्धजन्य पदार्थ स्वस्थकर, स्वादिस्ट हुनुपर्ने र स्वास्थ्यमा फाइदा पुर्याउने खालको हुनुपर्ने इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले बताए ।

लामो समयदेखि मानव अधिकारको क्षेत्रमा काम गर्दै आईरहेको संस्था इन्सेकले उपभोग्य सामग्रिहरुको अनुगमन तथा सरोकारवालाहरुलाई जवाफदेही बनाउने कार्यमा काम गर्दै आएको छ ।

पोखरा वडा नं ४ मा सफल फेमिली मिल्ककाे क्याम्पेनिङमा पुगेका खकुरेलले दूध पिउदै भने, “स्वादिस्ट रहेछ, सधैं सबैका लागि गुणस्तरमा सचेत रहँदै नागरिकको स्वास्थ्य सुरक्षामा हामी सबैले ध्यान दिनुपर्छ ।

बजार व्यवस्थापक रेग्मीले सफल फेमिली मिल्क वा कम्पनी कुनैपनि उत्पादनको स्वस्थता र गुणस्तरका लागि सचेत रहेको बताउँदै भने, “ढुक्क भई पिऔं, स्वस्थ जीवन जिऔं ।”