फेरि बढ्याे सुनचाँदीको भाउ, तोलाको कति ?

-



     सफल आवाज    
     पौष १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ पुस । केहिदिन ओरालो लाग्दै आएको सुनचाँदीको भाउ साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार उकालाे लागेकाे छ । एकैदिन छापावाला सुनमा रुपैयाँ ६०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा यसदिन रुपैयाँ ६०० ले बृद्धि भई प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

चाँदीमा यसदिन रुपैयाँ १५ ले बृद्धि भई प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।