चन्द्रागिरीको टिकट बुकिङमा ३० प्रतिशत छुट गर्दै आइएमई ग्रुप

-



     सफल आवाज    
     पौष १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ पुस । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्दित ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरी टिकट बुकिङमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।

उक्त अफर चन्द्रागिरी टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको अवधि पौष १७ गतेसम्म रहेको छ र सोही अफर आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुनेछ ।

करिब ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो ।