काठमाडौं, १६ पुस । गत आवको मुनाफाबाट हाइड्रोपावर कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई धमाधम लाभांश दिने घोषणा गरिरहेका छन् । नेपाल स्कट एकसचेञ्ज (नेप्से)मा सूचीकृत ३२ कम्पनीहरुमध्ये १३ वटा हाइड्रोले लाभांश घोषणा गरिसकेका छन् ।
लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये सबैभन्दा अब्बल न्यादी हाइड्रोपावर कम्पनी देखिएको छ । सो कम्पनीले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कंपनीले २० प्रतिशत बोनस सेयर र १।०५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
त्यस्तै अहिलेसम्म दोस्रो स्थानमा आकर्षण लाभांश घोषणा गर्ने कम्पनी रहेको छ बुटवल पावर कम्पनी । यस कम्पनीले गत वर्षको मुनाफाबाट सेयर धनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
तथ्यांकअनुसार बुटवल पावर कम्पनीले १० प्रतिशत बोनस र १० प्रतिशत सेयर गरेर २० प्रतिशत घोषणा गरेको हो । त्यस्तै अरुण कावेलीले १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरेर १७.८९ प्रतिशत लाभांश घोषणा गरेको हो । कालिका पावर कम्पनीले १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद गरी १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
चिलिमे हाइड्रोले ७.५ बोनस र ७.५ नगद गरी १५ प्रतिशत, राइराङ हाइड्रोपावर र रिडी हाइड्रोपावरले १२.६ प्रतिशत दिने घोषणा गरेका छन् । त्यस्तै अपी पावरले १०.५ बोनस र ०.५५ नगद गरी ११.५ प्रतिशत लाभांश, त्यस्तै रुरु जलविद्युत, सिनर्जी हाइड्रो, अरुणभ्याली र सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
अहिलेसम्म सबैभन्दा कम लाभांश घोषणा गर्ने हाइड्रो
लाभांश घोषणा गरेका १३ वटा हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा कम घोषणा गर्ने कम्पनी रहेको छ, नेपाल हाइड्रो डेभ्लोपर लिमिटेड । सो हाइड्रोले गत वर्षको मुनाफाबाट सेयरधनीलाई सात प्रतिशत बोनस र ०.३६ प्रतिशत नगद गरी ७.३६ प्रतिशतमात्रै लाभांश घोषणा गरेको हो ।









झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




