
दमौली, १७ पुस । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा ८ हजार पर्यटक भित्रिएका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शुक्रबार र शनिबार ८ हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेकाे यहाका हाेटल ब्यवसायीले बताएका हुन । नयाँ वर्षको अवसरमा बन्दीपुरमा दुई दिन खाना महोत्सव गरिएको थियो । क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले नयाँ वर्षको अवसरमा बन्दीपुरमा आन्तरिक पर्यटक खचाखच भरिएको भएको जानकारी दिए।
“विदेशी पर्यटक पाँच÷छ जनामात्रै देखिए, बाँकी सबै आन्तरिक पर्यटकले बन्दीपुर भरिभराउ भए”, उनले भने । बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो । महोत्सवमा बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि स्थानीय खानाका परिकारको स्टल राखिएको थियो । विशेषगरी नेवार, गुरुङ र मगर समुदायको खानाको परिकार राखिएको थियो । महोत्सवले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा सघाउने प्रधानको विश्वास छ ।
सडक खाना महोत्सव बन्दीपुरको एउटा ब्राण्ड हो । हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै आइरहेको छ । गत वर्ष कोरोना कहरकै बेला पनि सडक खाना महोत्सव गरिएको थियो । अङ्ग्रेजी नयाँ वर्षसँगै नेपाली नयाँ वर्ष र प्रेम दिवसका बेलामा पनि बन्दीपुरमा पर्यटक आकर्षित गर्न कार्यक्रम हुँदै आएको छ । कोरोनाको मारमा परेको बन्दीपुरको पर्यटन गत दशैँदेखि तङ्ग्रिने प्रयासमा छ ।
कोरोना त्रासपछि बन्दीपुरमा विस्तारै पर्यटकको आगमन बढ्न थालेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले बताए । भक्तपुरे शैलीमा बनेका इँट्टाका मौलिक घर बन्दीपुरको आकर्षण हो । निकै पुरानो र ऐतिहासिक बन्दीपुर कोलाहलमुक्त छ । यहाँको भीमसेनको मन्दिर, थानीमाई, खड्गदेवी र तीनधारे प्रसिद्ध छन् । अन्नपूर्ण, धवलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ हिमचुचुरा बन्दीपुरको टुँडिखेलबाट अवलोकन गर्न सकिन्छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



