यी ५ कम्पनीको सेयर काराेबार आजबाट खुला

-



     सफल आवाज    
     पौष १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न ५ वटा कम्पनीको सेयरमूल्य समायोजन भएपछि ति कम्पनीकाे समायाेजित मूल्यमा काराेबार आजबाट खुला भएकाे छ ।

नेप्सेका अनुसार मञ्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, समिट फाइनान्स, इन्फिनिटि लघुवित्त वित्तीय संस्था तथा चिलिमे हाइड्रोपावरको सेयरमूल्य बिहिबार नेप्सेमा समायोजन भएपछि आजबाट सेयर काराेबार खुला भएकाे हाे ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयरमूल्य ५११ रुपैयाँ ४३ पैसा कायम भएको छ । समिट लघुवित्त वित्तीय संस्थाको २५.२८ प्रतिशत रहेको छ । समायोजनपछि संस्थाको सेयरमूल्य १ हजार १६५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

यस्तै इन्फिनिटि लघुवित्त वित्तीय संस्थाको २७.७० प्रतिशत रहेको छ । सेयरमूल्य समायोजनपछि संस्थाको सेयरमूल्य १ हजार ३०७ कायम भएको छ ।

चिलिमे हाइड्रोपावरको ७.५० प्रतिशत सेयरमूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयरमूल्य ४६७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

बिहिबार नेप्सेमा सेयरमूल्य समायोजन भएका कम्पनीहरुको सेयमूल्य सबैको अघिल्लो दिनको मूल्यलाई आधार बनाएर समायोजन गरिएको नेप्सेले जनाएको छ ।