हकप्रद सेयर जारी गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल

-



     सफल आवाज    
     पौष १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ पुस । कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले माघ ७ गतेदेखि हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीका अनुसार ३० करोड रूपैयाँ बराबरको १०० रूपैयाँ अंकित ३० लाख कित्ता सेयर बिक्री हुने भएको छ । हकप्रद सेयर बिक्री गर्ने भएपछि कम्पनीले पुस २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

पुस २५ गतेसम्म सेयरधनीले हकप्रद सेयरमा आवेदन गर्न पाउँछन् भने लगानीकर्ताले हकप्रद सेयरमा माघ २७ गतेदेखि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।