
काठमाडौं, १८ पुस । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजार उकालो लागेको छ । एउटा उपसमूह बाहेक अन्य १२ वटा उपसमूहमा हरियाली छाएको छ । आज सेयर बजारमा एकाध बाहेक अरु सबैमा देखिएको हरियाली संकेतले बजारको लय सराकात्मक हुन लागेको होकि भन्ने आकलन लगानीकर्ताले गरेका छन् ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा चढेको छ । नेप्से २.३९ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स १०.७७ अंकले बढेर ४८२.०१ विन्दुमा पुगेको छ ।
कुल २४० कम्पनीको सेयर कारोबार भएको छ । ७१ लाख ६० हजार ९८३ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक १२ वटा उपसमूह सबैमा हरियाली छाएको छ उनीहरुको सेयर बढेको छ । बैंकिङतर्फ ३३.९३ अंकले बढेको छ । व्यापारतर्फ १९.३८ अंकले, होटल तथा पर्यटनतर्फ ४२.४४ अंकले, विकास बैंकतर्फ १४४.५४ अंबले बढेको छ ।
हाईड्रोपावरर्फ ४६.८ अंकले बृद्धि हुँदा फाइनान्सतर्फ १२.९३ अकंको बृद्धि भएको छ । नीर्जिवन बीमातर्फ ४११.४ अंकले बढेको छ । उत्पादनतर्र्फ ३४८.०६ अंकले, अन्यतर्फ ्४४.८२ अंकले, माइक्रोफाइनान्सतर्फ १४०.८७ अंकले, जीवन बीमातर्फ ३४४.२८ अंकले र लगानी उपसमूहतर्फ १.६८ अंकले बृद्धि भएको छ ।
कारोबारको आधारमा यसदिन सबैभन्दा बढी हिमायलन डिस्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४४ करोड ९४ लाख २ हजार ५९१ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



