
काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंक स्थापनाको १५औं वर्ष पूरा गरेर १६औं वर्षमा प्रवेश गरेको छ । बैंक २०६३ साल पुस १८ गते क्षेत्रीय स्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो ।
यस अवसरमा बैंकले विभिन्न कार्यक्रम आयोजना गरेको छ भने आईतबार विशेष कार्यक्रम गरेर वार्षिकोत्सव बनाएको छ । बैंकले स्थापना कालदेखि काम गरिरहेका ४९ जना कर्मचारीलाई सम्मान गरेको छ । उक्त सम्मान बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन् ।
काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजना गरिएको विशेष समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरे । सो अवसरमा अधिकारीले बैंक स्थापनाको १५औं वर्ष सफलतासाथ पार गरेर १६औं वर्षमा प्रवेश गरेकोमा शुभकामना व्यक्त गर्दै उक्त सम्मान गरेका हुन् ।
समारोहमा अध्यक्ष ढकालले स्थापनाकाल देखिनै बैंकले “उत्कृष्ट बैंकिङ सबैका लागि” मूल नाराअनुसार सेवालाई लक्षित बर्गसम्म पुर्याउँदै आएको बताए । उनले बैंक स्थापना भएको १६ वर्षसम्म आउँदा १८ वटा बैंक र वित्तीय संस्थाहरुसंगको मर्जर तथा प्राप्तिबाट बैंकलाई गर्विलो बनाउन सक्षम् भएको बताए ।
कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्लोबल बैंकको सेवालाई ग्राहकमुखि बनाउँदै परिवर्तित् समयअनुसार टिजिटल प्लेटफर्मलाई आत्मसाथ गर्दै काम गरिरहेको बताए ।
बैंकका अनुसार सेयरधनी कोषमा ३३.७५ अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलन २७४ अर्ब रहेको छ भने बैंकको कर्जा लगानी २६९ अर्ब रहेको छ ।
ग्लोबल बैंकका देशका ७६ जिल्लामा २८७ शाखा रहेका छन् । २६३ शाखारहित बैंकिङ सेवा रहेका छन् भने २५८ एटिएमबाट ग्राहकले सेवा लिईरहेका छन् ।
देशमा ४८ वटा एक्सटेन्सन काउन्टर रहेका छन् । बैंकका ३ वटा वैदेशिक सम्पर्क कार्यालयबाट बैंकिङ सेवा दिईदैं आएको छ भने ३ हजार २०० कर्मचारीले काम गरिरहेका छन् । बैंकबाट २७ लाख बढी ग्राहकले सेवा लिईरहेका छन् ।
ग्लोबल आइएमई बैंक १६औं वर्ष प्रवेश गरेको अवसरमा सातै प्रदेशमा सप्ताहव्यापी कार्यक्रम गरिएको बैंकले जनाएको छ । रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, छात्रवृत्ति वितरण र खेलकुदका कार्यक्रम गरिएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



