सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ पुस । एक बैंक तथा एक फाइनान्सका सेयरधनीहरुले आज सोमबारसम्म लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । सिभिल बैंक तथा रिलायन्स फाइनान्सका सेयरधनीहरुको लागि लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको हो ।

सिभिल बैंक संचालक समितिले प्रस्ताव गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नका लागि बैंकको ११ औं साधारण सभा पुस ३० गते डाकिएको छ ।

बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस २० गते मंगलबार बुक क्लोज गरिने बताएको छ । सेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर कारोबार गरी कायम भएपछि मात्रै साधारण सभामा भाग लिन पाउने भएका छन् । साथै उनीहरुनै लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।

बैंकका अनुसार साधारण सभा काठमाडौं वालुवाटारस्थित आम्रपाली बैंक्वेटमा पूर्वान्ह ११ वजे डाकिएको छ । साधारण सभा अनलाइनबाट हुने भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७, २०७८ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्नेछ । जस्मा चुक्ता पूाजीको ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांससहित ५.२६ प्रतिशत लाभांश रहेको छ ।

यस्तै रिलायन्स फाइनान्सले पुस ३० गते काठमाडौं प्रदर्शनीमार्गका रहेको केन्द्रीय कार्यालयमा १२ औं साधारण सभा बोलाएको छ । साधारण सभा पूर्वान्ह ११ वजे बोलाईएको छ । यसका लागि कम्पनीले पुस २० गते बुक क्लोज गरिएको जनाएको छ । सेयरधनीहरुले आजसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएपछि मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।

कम्पनीको संचलक समितिको बैठकले आर्थिक वर्ष २०७७, २०७८ को मुनाफाबाट सेयरधनीहरुलाई २५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । जस्मा २५ प्रतिशत बोनस सेयर तथा त्यसको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांशसहित २५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव रहेको छ । सभाले उक्त लाभांश वितरणको प्रस्तावलाई पारित गर्नेछ ।