सोमबार ३०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

-



     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ पुस । सोमबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । गएको शुक्रबारदेखि उकालो लागेको सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य ६०० रुपैयाँ र आइतबार ७०० रुपैयाँले बढेर छापावाला सुन ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज भने तीन सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा किनबेच भइरहेको छ । साताको पहिलो दिन आइतबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको तेजावी सुनको मूल्य पनि आज तीन सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । साताको पहिलो दिन प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।