नेप्सेमा सेञ्चुरी बैंकसहित ६ वटा कम्पनीको मूल्य समायोजन

-



     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ पुस । सेञ्चुरी कमर्सियल बैंकसहित ६ कम्पनीको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ । कम्पनीहरुको बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

सेञ्चुरी कमर्सियल बैंकको ५.७५ प्रतिशत सेयर मूल्य समायोजन भएको छ । समायोजनपछि मूल्य प्रति कित्ता २२६ रुपैयाँ रहेको कायम भएको छ । त्यस्तै हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको मूल्य प्रति कित्ता ३९८.७५ पैसा रहेको छ ।

प्रोगेसिभ फाइनान्सको ७.०१ प्रतिशत बोनस सेयर र मूल्य समायोजनपछि प्रति कित्ता ३३१.६८ पैसा कायम भएको छ । त्यस्तै कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस सेयर र मूल्य समायोजनपछि कम्पनीको प्रति कित्ता ४५०.४३ रुपैयाँ कायम भएको हो ।

त्यस्तै मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । जसमा बैंकको सेयर मूल्य प्रति कित्ता १२९५.८३ कायम भएको छ भने मिथिला लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर र समायोजनपछि कम्पनीको मूल्य प्रति कित्ता १५६७.२ मा कायम भएको नेप्सेले जनाएको छ ।