राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनको सिट बाँडफाँट

-



     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ पुस । सत्ता गठबन्धन (साझेदार दल) ले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट गरेका छन् ।

सोमबार बसेको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५-५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने भएका छन् ।

खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरु निर्वाचित भएका थिए । उनीहरुको कार्यकाल सकिन लागेको छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ ।