सानिमा र कामना बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ पुस । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई बैंकको बोनस सेयर बुधबार सूचीकृत भएको छ । सानिमा बैंक तथा कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार सानिमा बैंकको १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकको साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १७ प्रतिशत बोनस सेयर बाँडेको थियो ।

कामना सेवा विकास बैंकको ४९ लाख ९ हजार १३२.९०३ कित्ता सेयर सूचीकृत भएको छ । बैंकको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको साढे १८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुबै बैंकको नेप्सेका सूचीकृत भएको सेयर सेयरधनीहरुको डिम्याट खातामा गएपछि दोश्रो बजारमा कारोबार गर्ने बाटो खुल्नेछ ।