
पोखरा २१ पुस । ११औं संस्करणको पोखरा महोत्सवको टिकट घरबाटै लिन पाइने भएको छ । पुसको २८ देखी माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा युनाईटेड क्लवको आयोजनामा हुने पोखरा महोत्सवको टिकट प्रभु पे एपबाट घरबाटै काटेर महोत्सव स्थल पुग्न सकिने भएकाे हाे ।
महोत्सव आयोजक संस्था युनाईटेड क्लवका सदस्य तथा महोत्सव टिकट ब्यवस्थापन उपसमिति संयोजक पूर्ण कुमार श्रेष्ठ र डिजिटल अनलाईन टिकेटिङ पार्टनर प्रभु टेक्नोलोजीका जनरल म्यानेजर बिक्की शाहीबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ
श्रेष्ठका अनुसार महोत्सवमा कोभिडलाई मध्येनजर गरी टिकट काउण्टरमा हुने भीड कम होस् भन्ने उद्देश्यले डिजिटल प्रविधीबाट प्रभु पे को एपबाट महोत्सवको टिकट घरबाटै काट्ने ब्यवस्था मिलाइएको हाे ।
महोत्सवमा आउने दर्शकले प्रभु पे को एप डाउनलोड गरी इभेन्टमा गएर पोखरा महोत्सवमा क्लिक गरी अनलाईन टिकट काट्न सक्ने प्रभु पेका गण्डकी प्रदेश बजार प्रमुख महादेव अधिकारीले बताए । अनलाईन टिकटसंगै महोत्सवमा आउने दर्शकले प्रभु टेक्नोलोजी अन्तर्गतको कि ओस मेसिनबाट महोत्सव स्थलमा समेत टिकट सजिलै लिन सक्ने छन् ।
त्यसैगरी दर्शकहरुले आफ्नो नजिकको प्रभु पे को शाखा तथा एजेन्ट आउटलेटहरु, प्रभु म्यानेजमेन्ट सहकारी नेटवर्क र प्रभु पे मर्चेन्टबाट समेत टिकट काट्न सकिने अधिकारीले वताए ।
प्रभु पे ले विभिन्न मेला महोत्सव तथा इभेन्टमा अनलाईन टिकटिङको काम पनि गर्दै आइरहेको छ । गण्डकी प्रदेशको प्रभु पे सपोर्ट कार्यालय पोखरा जिरो किलो मिटरमा रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



