
रसुवा, २२ पुस । हिमाली क्षेत्रको अवलोकन गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गर्ने पर्यटकको सङ्ख्या सार्वजनिक भएको छ । निकुञ्ज कार्यालयले दिएको विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १० हजार ४०० आन्तरिक र वाह्य पर्यटकको आगमन भएको हो ।
आगमन भएका पर्यटकमध्ये नौ हजार ७८२ आन्तरिक, ५२ सार्क राष्ट्रका र ५६६ अन्य विभिन्न देशका पर्यटकले भ्रमण गरेको कार्यालयका सहायक संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए । रसुवामा कोभिडको सङ्क्रमण शून्यमा झरेसँगै पर्यटकको आगमन हुन थालेको निकुञ्जले जनाएको छ ।
लाङ्टाङ तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डको भ्रमणमा आएका पर्यटक एवं स्थानीय बासिन्दालाई उपलब्ध गराएको वन पैदावार समेतबाट रु ३१ लाख ६५ हजार राजश्व सङ्कलन भएको जानकारी दिइएको छ । यस्तै जिल्लाभित्र सञ्चालित विकास निर्माणका गतिविधि पारदर्शी गर्न सरकारी कार्यालय र पत्रकारबीच अन्तर संवादसमेत सम्पन्न भएको छ ।
उक्त संवाद रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीको सभापतित्वमा सम्पन्न भएको थियो । जिल्ला समन्वय समिति, हुलाक, सिँचाइ, निर्वाचन, कारागार, प्रहरी कार्यालयबाट भएका कार्य सम्पादनका बारेमा अन्तर संवाद भएको थियो । यसरी नै जिल्ला प्रहरी कार्यालय रसुवाले प्रहरीमार्फत भएका सुरक्षा गतिविधिसमेत सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षको साउनयता पाँच महिनाको अवधिमा २२ वटा मुद्दा रसुवा प्रहरीमा दर्ता भएका थिए । पेश भएका मुद्दामा १२ वटा भवितव्य, पाँच वटा अभद्र व्यवहार, ठगीमा दुई, सवारी ज्यान एक र करणीसम्बन्धी दुई वटा रहेको निमित्त जिल्ला प्रहरी प्रमुख गणेश सापकोटाले जानकारी दिए।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



