गरिमा विकास बैंकको लाभांश घोषणा

-



     सफल आवाज    
     पौष २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ पुस । गरिमा विकास बैंकले गत आवको सञ्चित मुनाफाबाट सेयर धनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

बैंकको सञ्चालक समिति बैठकले बिहीबार बिहान २७० औं वैठकको निर्णयअनुसार गत आव २०७७/७८ को सञ्चिती मुनाफा तथा सेयर प्रिमियमबाट ६२ करोड एक लाख ६६ हजार २९३ रुपैयाँ (सञ्चिती मुनाफा ६२ करोड ६९ हजार २२५ तथा सेयर प्रिमियम ९७ हजार ६८ रुपैयाँ) तथा साविक सहारा विकास बैंक लिमिटेडको आव ०७७÷७८ को सञ्चिती मुनाफा तथा सेयर प्रिमियमबाट ६६ लाख ६८ हजार २५२ समेत गरी ६३ करोड १७ लाख ९ हजार २९६ बराबरको रकम बोनस वितरण गर्न लागेको हो ।

बैंकका अनुसार गरिमा विकास बैंकको साविकको सहारा विकास बैंक लिमिटेडको चुक्ता पुँजी तीन अर्ब ६७ करोड ५९ लाख १२ हजार ५०१ तथा साविकको सहारा विकास बैंकको चुक्ता पुँजी २७ करोड २२ लाख ७० हजार ६०४ रुपैयाँसमेत विकास बैंकको हाल कायम चुक्ता पुँजी तीन अर्ब ९४ करोड ८१ लाख ८३ हजारको १६ प्रतिशत अर्थात् ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।