गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा अर्चना प्रधान

-



     सफल आवाज    
     पौष २२ गते २०७८ मा प्रकाशित



काठमाडौं २२, पुस । गणपति लघुवित्त वित्तीय संस्थाकाे सञ्चालक समिति अध्यक्षमा अर्चना प्रधान नियुक्त भएकी छन् ।

बुधबार बसेको सञ्चालक समितिको ८९ औं अध्यक्षमा अर्चना प्रधानलाई चयन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण बिष्टले जानकारी दिए ।

प्रधान गत भाद्र १ गते गणपति लघुवित्तको सञ्चालकको नियुक्त भएकी थिइन् । एमबीएसम्म अध्ययन गरेकी प्रधानसँग बैंकिङ क्षेत्रमा २६ वर्षभन्दा बढीको अनुभव छ ।