
डोटी, २३ पुस । बोगटान फुड्सिल गाउँपालिकाका पाठेघर खसेका १५ महिलाको निःशुल्क उपचार गरिएको छ । पालिकाको आर्थिक सहयोगमा डा. लेखनाथ भट्ट नेतृत्वको टोलीले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरेको हो ।
वर्षौंदेखि पाठेघरको समस्याबाट ग्रसित भएका महिलाको गाउँपालिकाको आर्थिक सहयोग र शैलेश्वरी अस्पताल दिपायलको प्राविधिक सहयोगमा शल्यक्रिया गरिएको शैलेश्वरी अस्पताल दिपायलका प्रबन्ध निर्देशक आइजङ्ग कुँवरले जानकारी दिए ।
उनका अनुसार टीएएच विधिद्वारा गरिएको शल्यक्रियामा प्रति बिरामी चार घण्टा समय लगाएर शल्यक्रिया गरिएको छ । पाठेघर खसेका महिलामा मानसिक तथा शारीरिक समस्या हुने भएका कारण यसले स्वास्थ्यमा धेरै ठूलो असर गर्ने हुँदा ती महिलाको पाठेघरको शल्यक्रिया शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष भगवती बमले बताइन् ।
जिल्लाका धेरै ठाउँमा पाठेघरका समस्या भएका सयौँ महिलाले आर्थिक अभाव र रोग लुकाउने गरेका कारण यो समस्या जटिल बन्दै गएको चिकित्सक बताउँछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




